बैतडी । बैतडी र दार्चुलासँग जोडिएका नेपाल–भारत सीमा नाका आजदेखि चार दिनका लागि बन्द हुने भएका छन् ।
उत्तराखण्ड राज्यमा हुने विधान सभा चुनावका लागि भारतले नेपालसँग सीमा जोडिएका नाका चार दिनका लागि बन्द गरेको हो ।
बैतडी र दार्चुलासित जोडिएका नाका आज बेलुकादेखि फागुन २ गतेसम्म बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएका छन् ।
बैतडीको झुलाघाट तथा दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलङ्गा, तिगरम र सीतापुल नाका बन्द हुन लागेका हुन् ।
भारतीय प्रशासनले बैतडी र दार्चुला जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी सुरक्षा संवेदनशीलताका कारण नाका बन्द गर्नुपरेको जनाएको छ ।
।