सूचनाको शक्ति - The Power Of Information

        

दुखद् खबर

जुत्ता गोदाममा आगलागी हुँदा दाङमा ५ जनाको मृत्यु

दाङ । दाङको तुलसीपुरस्थित एक जुत्ता चप्पलको गोदाममा लागेको भीषण आगलागीमा परेर पाँच जनाको मृत्यु भएको छ ।

गएराती पौने २ बजेदेखि इरम फुटवेयर चप्पल गोदाम रहेको चार तले घरमा लागेको आगोमा परेर एक महिला २ पुरुष र दुई बालबालिकाको मृत्यु भएको प्रहरीले बताएको छ ।

मृत्यु हुनेमा १३ वर्षीया सजिाता खातुन, १४ वर्षीय हसन बकस, १५ वर्षीय मसिन बकस, ४० वर्षीय नजरदिन अली, पाँच वर्षीय, अबिददिन अलिको मृत्यु भएको प्रहरी जनाएको छ । मृतकहरुको शव जलेको अवस्थामा निकालिएको छ ।

मृतकको शव अहिले तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको प्रहरीले बताएको छ । घाइतेहरुको पनि राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । आगो अहिले नियन्त्रणमा आएको छ ।

प्रकाशित मिति : २८ माघ २०७८, शुक्रबार ०८:५०