सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा २४ संक्रमित थपिए, ४० जना डिस्चार्ज

बाँके । बाँकेमा पछिल्लो २४ घण्टामा २४ जनामा संक्रमण पुष्टि भएको छ ।

पीसीआर परीक्षणबाट २० र एन्टिजेन परीक्षणबाट ४ जनागरी २८ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

भेरी अस्पतालको पीसीआर ल्यावमा १४, कोहलपुर मेडिकल कलेजमा ४ जना र बागेश्वरी ल्यावमा २ जनामा कोभिड संक्रमण पुष्टि भएको छ ।

यी तीन अस्पतालमा ६३ जनाको नमुना जाँच भएको थियो । यस्तै भारतबाट फर्किने ३०८ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ४ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि भएकामध्ये बाँके जिल्लाका १२ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ८५९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा थप ४० जना डिस्चार्ज भएका छन् ।

योसँगै डिस्चार्ज हुनेको संख्या जिल्लामा १९ हजार ३९२ पुगेको छ । अस्पतालमा मध्यमखाले २६ जना, २ जना सिकिस्त विरामी छन् । यस्तै एकजनाको भेन्टिलेटरमा राखेर उपचार चल्दै छ ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार १७:५३