सूचनाको शक्ति - The Power Of Information

        

दूधको उपभोक्ता मूल्य प्रतिलिटर ९ रुपैयाँ बढेर ८५ पुग्यो

फाइल तस्वीर

काठमाडौं । सरकारले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँले बृद्धि गरेको छ । सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थान डीडीसीले दूधको उपभोक्ता मूल्य प्रतिलिटर नौ रुपैयाँ बढाएर ८५ रुपैयाँ निर्धारण गरेको छ ।

बुधबार बसेको डीडीसी सञ्चालक समितिको बैठकले दूधको मूल्य बढाएर ८५ रुपैयाँ पुर्याएको हो । यसअघि प्रशोधित दूधको उपभोक्ता मूल्य प्रतिलिटर ७६ रुपैयाँ थियो । बढेको नौ रुपैयाँमा प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा किसानले पाउने छन् ।

त्यस्तै उद्योगीले भने प्रतिलिटर २ रुपैयाँ ४८ पैसा पाउने सरकारले जनाएको छ । मन्त्रिपरिषद्को बैठकले किसानका लागि प्रतिलिटर ६ रुपैयाँ ५२ पैसा बढाएर दूधको मूल्य ५६ रुपैयाँ चार पैसा निर्धारण गरेको थियो ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार ०९:३४