सूचनाको शक्ति - The Power Of Information

        

प्रचण्डलाई किन भेट्दैछन् शेखर कोइराला ?

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाली कांग्रेसका नेता शेखर कोइरालाबीच भेटवार्ता हुने भएको छ ।

पछिल्लो समय राजनीतिक भेटवार्तालाई तिव्रता दिएका कोइरालाले प्रचण्डसँग बिहीबार बिहान भेटवार्ता गर्न लागेका हुन् ।

बिहीबार बिहान ९ बजे प्रचण्ड निवास खुमलटारमा भेटवार्ता हुने तय भएको कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिएका छन् ।

कोइरालाले मंगलबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोट पुगेर भेटवार्ता गरेका थिए । त्यसक्रममा एमसीसी, स्थानीय तह निर्वाचन र संसदको गतिरोध अन्त्यका विषयमा छलफल भएको बताइएको थियो ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा एमसीसी पास गराउन बल गरिरहेका र संशोधन गरेर मात्र एमसीसी पास गर्नुपर्ने तर्क देखावटी रुपमा प्रचण्डले राखिरहेका बेला नेता कोइरालाले गर्न लागेको भेटवार्तालाई विशेष अर्थमा पनि लिइएको छ ।

प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा एमसीसी पास गराउन बल गरिरहेका बेला नेता कोइरालाले राजनीतिक भेटवार्तामा तिव्रता दिएका हुन् ।

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार ०९:२६