सूचनाको शक्ति - The Power Of Information

        

समाचार

आगामी वैशाख ९ गतेदेखि एसइई परीक्षा

फाइल तस्वीर

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी वैशाख ९ गतेदेखि हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको यसअघि नै बसेको बैठकले एसइई वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन गर्ने निर्णय लिएको हो ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले स्थानीय तह निर्वाचन पहिले नै एसइई गर्न लागिएको बताएका छन् । स्थानीय तह निर्वाचन मिति तोकिएपछि मात्रै एसइईको समय तालिका निर्धारण गरिएको शर्माले बताए ।

बोर्डले परीक्षा तालिका बिहीबारको गोरखापत्र र बोर्डको वेबसाइटबाट सार्वजनिक गर्ने शर्माले बताएका छन् । यसअघि ३० वैशाखमा स्थानीय चुनावको मितिसँग एसइईको तालिका नजुधोस् भनेर निर्वाचनको मिति तोकिएपछि मात्रै एसइईको समयतालिका निर्धारण गरिएको हो ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार १८:३२