सूचनाको शक्ति - The Power Of Information

        

ब्लग

‘वास्तवमा यो पुरुष प्रधान समाज हो’

हो वास्तवमा यो पुरुष प्रधान समाज नै हो । यहां कुनै महिला आफुलाई मोर्डन भनाउदैं छोटो कपडा लगाएर समाजमा शिक्षा हासिल गरी अगाडि बढ्ने प्रयास गर्छिन् । दुर्भाग्यवश कुनै अप्रिय घटना घट्न पुगेछ भने उसको छोटो कपडालाई दोष दिने गरिन्छ कि उसले अङ्ग प्रदर्शन गरी त्यस कारण यो घटना घट्यो ।

पुरुषलाई कसैले भन्दैन् । उसको त्यो घटिया हर्कतबारे कसैले बोल्न आँट गर्दैन् । तर त्यही घटनामा महिलालाई दोष थुपार्न पछि पर्दैन् । अनि कुनै महिलाले आफु खुशी आफ्नो शरीर ढाकेर हिजाब लगाएर शिक्षा हासिल गरी अगाडि बढ्न खोज्छिन् भने तिनलाई पुरानो सोंच भएको बैकवर्ड पढे लेखेकी गवार जस्तो उपनाम दिइन्छ ।

यहाँ कुन महिलाले कस्तो लुगा लगाइन् शरीर ढाकिन् कि अङ्ग प्रदर्शन गरिन् भन्ने कुरासँग कसैको सरोकार नै नहुनुपर्ने हो । एउटा पुरुषले कोट पाइन्ट लगाओस्, कुर्ता पाइजामा लगाओस्, दौरा सुरुवाल लगाओस् वा हाफ पाइन्टमा घुमोस् । कुनै महिलाले विरोध गरेको पाइँदैन् । तर एक महिलाले अङ्ग देखिने खालका छोटो लुगा लगाइन् भने छाडा भइहाल्ने अनि पुरै शरीर ढाक्ने गरी लुगा लगाइन् भने गवार भइहाल्ने ?

किन महिला आफ्नो इच्छा अनुसार लुगा लगाउन न पाउने ? किन सधैं पुरुषले निर्धारण गर्ने पुरुषले तय गर्ने कि महिला कस्तो लुगा लगाऊन् ? हामीले कुनै पुरुष लगाएको लुगाको विरोध गर्दैनौं भने हामी महिलाले लगाउने लुगामा यतिका विरोध किन ? लगाउन दिनुस् न महिलालाई उसको इच्छा अनुसारका लुगामुक्त गर्नुस् पुरुषप्रधान सोच र विचारधाराबाट हामी महिलालाई ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार १६:१३

सिफारिस