सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस कर्णाली प्रदेश सचेतकमा अमृता शाही मनोनित

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेशसभा संसदीय दलले अमृता शाहीलाई सचेतक पदमा मनोनित गरेको छ।

दलको विधान, २०७४ को दफा ११ (१) बमोजिम कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले उनलाई सचेतकमा मनोनित गरेका हुन्।

यसअघिका सचेतक हिमबहादुर शाही आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त भएपछि शाहीलाई उक्त जिम्मेवारी दिइएको हो।

कांग्रेस संसदीय दलको विधानमा दलका नेताको प्रत्यक्ष निर्देशन, समन्वय एवं परामर्शमा रहेर सचेतकले जिम्मेवारी वहन गर्नुपर्ने व्यवस्था छ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार १०:१५