सूचनाको शक्ति - The Power Of Information

        

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्दैछ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक दिउँसो साढे २ बजे बस्न लागेको हो ।

भोलि बिहीबार बस्ने कार्यसम्पादन समिति बैठकका लागि एजेन्डा तय गर्न आज पदाधिकारी बैठक बस्न लागेको हो । बैठकमा स्थानीय चुनाव, भ्रातृ संस्थाका अधिवेशन र बाँकी १६ जिल्लाको अधिवेशनबारे छलफल हुनेछ ।

यसअघि पदाधिकारी बैठक मंगलबार पनि बसेको थियो । मंगलबार बसेको पदाधिकारी बैठकले बिहीबार बस्ने कार्यसम्पादन समिति बैठकका एजेण्डा तय गरेको थियो । बैठकमा प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा सहभागी भएका थिएनन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार ०९:५५