सूचनाको शक्ति - The Power Of Information

        

दलहरु चुनावी तयारीमा

काठमाडौं । सरकारले ३० वैशाखका लागि स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेसँगै प्रमुख राजनीतिक दलहरु त्यसको तयारीमा केन्द्रित हुन थालेका छन् ।

संविधान र स्थानीय निर्वाचनसम्बन्धी ऐन बाझिएको भन्दै संशोधन गर्नु पर्ने विषय उठेपछि केही समय अलमलमा परेको निर्वाचन मिति सोमबार घोषणा भएसँगै दलहरुले तयारी थालेका छन् ।

प्रमुख प्रतिपक्षी दल एमालेले मंलबार नै सातै प्रदेशमा गर्ने गरी चुनावी तयारीका कार्यक्रम सार्वजनिक गरिसकेको छ । प्रमुख सत्तारुढ दल कांग्रेसले कार्यसम्पादन समितिको बैठकका लागि एजेण्डा तय गर्न मंगलबार पदाधिकारीहरुसँग परामर्श गरेको छ ।

माओवादी र एकीकृत समाजवादी लगायतका दलहरुले बैठक बस्ने निधो गरेका छन् ।
नयाँ पत्रिका

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार ०७:५०