सूचनाको शक्ति - The Power Of Information

        

मौसम पूर्वानमान महाशाखा

लुम्बिनी सहितका यी चार प्रदेशमा वर्षाको सम्भावना, हिमपात पनि हुने

थोरै स्थानमा हल्का हिमपात

काठमाडौं । आज बुधबार फेरि मौसममा खराबी आएको छ ।

मुलुकमा पश्चिमी वायुको प्रभाव रहेकाले दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती र प्रदेश १ का केही स्थानमा पनि हल्का वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।

राती सुदूरपश्चिम,कर्णाली, लुम्बिनी, गण्डकी,बागमती र प्रदेश १ मा वर्षाको सम्भावना छ । बिहीबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ ।

ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार ०७:३३