बझाङ । पेट्रोलियम पदार्थको तत्काल मूल्य घटाउन माग गर्दै नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवासंघ जिल्ला कमिटी बझाङले जिल्ला प्रशासन कार्यालय बझाङलाई ज्ञापनपत्र बुझाएको छ ।
नेपाल आयोग निगमले पेट्रोलियम पदार्थको इतिहासकै सबै भन्दा बढी मुल्य बढाएर रेकर्ड कायम गरी पेट्रोलको १४२ रुपैयाँ, डिजेल र मट्टितेलको ११५ रुपैयाँ, आन्तरिक हवाइ इन्धनको मुल्य ११६ रुपैयाँ कायम गरि जनताको आधारभुत आवश्यकताको वेवास्ता गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
नाफा सञ्चित गरी मूल्यवृद्धि उपभोक्ताको थाप्लोमा हाल्ने प्रवृत्ति बन्द गर्न पनि युवासंघ बझाङले माग गरेको छ । कोरोना महामारिकाको समयमा उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पेट्रोलियम पदार्थको मूल्यवृद्धि आफैमा अमानवीय कार्य भएकाले मूल्यवृद्धि तत्काल खारेज गर्न माग गरिएको राष्ट्रिय युवासंघ जिल्ला कमिटी बझाङका अध्यक्ष संसार खड्काले बताउनुभयो ।
खड्काले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि हुने वित्तिकै ढुवानी भाडा बढ्ने र त्यसको असर उपभोग्य वस्तुको मूल्य वृद्धि भएर उपभोक्तामा पर्ने भएकाले अहिलेको परिस्थितिमा निगमले वैकल्पिक उपाय अवलम्बन गरी मूल्यवृद्धि फिर्ता लिन उहाँले आग्रह गर्नुभएको छ ।
विज्ञप्तीमा जनताको आधारभुत आवश्यकता संग निरन्तर घाटामा प्रत्यक्ष रुपमा गासिएका बस्तुहरुको मुल्य वृद्धि गर्ने कदम प्रति युवासंघ जिल्ला कमिटी बझाङले गम्भिर खेद प्रकट गरेको छ ।
साथै तत्काल वृद्धि गरेको मुल्य फिर्ता लिन सरकारलाई जोडदार माग गरेको छ । मुल्य वृद्धि विरुद जस्तोसुकै प्रतिकार गर्न पनि बाध्य हुने चेतावनी समेत दिएको छ ।
पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि तत्काल खारेज गर्न माग गर्दै राष्ट्रिय युवासंघ बझाङका अध्यक्ष खड्का नेतृत्वको टोली जिल्ला प्रशासन कार्यालय बझाङ पुगेर सहायक प्रमुख जिल्ला अधिकारी रामराज गौतमलाई ज्ञापनपत्र बुझाएको हो ।
।