सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङबाट २२८ विद्यालय सिफारिस

बझाङ । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि बझाङबाट २२८ विद्यालय सिफारिस भएका छन् ।

यहाँका १२ वटै स्थानीय तहबाट आवेदन परेका २२८ विद्यालय सबैलाई सिफारिस गरिएको शिक्षा विकास तथा समन्वय एकाइका सुचना अधिकारी बसन्त बहादुर सिंहले बताउनुभयो ।

तलकोट गाउँपालिकाका १८, खप्तडछान्नाका २२, छविसपाथिभेराका २७, मष्टाका २२, बुंगलका ४०, सुर्माका ११, थलारा गाउँपालिकाका २३, जयपृथ्वी नगरपालिकाका १२, दुर्गाथली गाउँपालिकाका ४, केदारस्युका ४१, वित्थडचिरका ५ र साइपाल गाउँपालिकाका ३ विद्यालय सिफारिस गरिएका हुन् ।

आवेदन पेस गरिएका सबै विद्यालय छनोटका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र पठाइएको सुचना अधिकारी सिंहले बताउनुभयो । आगामी फागुन पहिलो हप्तासम्म विद्यालय छनोट भइसक्ने जनाइएको छ ।

उक्त कार्यक्रममा सफल विद्यालयमा दुईकोठे÷चारकोठे भवन निर्माण र कम्प्युटर तथा सूचना प्रविधिको विकास, कम्प्युटर ल्याब स्थापना गरिने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।

अहिले सिफारिस गरेर पठाएका विध्यालयहरुमा अधिकांसले विध्यालयको भवन निर्माण, शौचालय निर्माण, घेरबार, ल्याब स्थापनाको माग गरेका छन् ।

प्रकाशित मिति : २६ माघ २०७८, बुधबार ०७:२४