सूचनाको शक्ति - The Power Of Information

        

ब्राउन सुगरसहित नेपालगञ्जमा एकजना पक्राउ

बाँके । जिल्ला प्रहरी बाँकेले ब्राउन सुगरसहित एक जनालाई नेपालगञ्जबाट पक्राउ गरेको छ ।

जिल्ला प्रहरी बाँकेको टोलीले नेपालगन्ज ८ का २५ बर्षीय मोहम्मद अलीलाई १९ ग्राम ५२० मिलिग्राम लागूऔषध ब्राउन सुगरसहित पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।

सोमबार साँझ साढे ५ बजे नेपालगञ्ज ८ जोलहानपुर्वामा शंकास्पद तरिकाले हिंडिरहेका अलीलाई चेक जाँच गर्दा ब्राउन सुगर फेला परेको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका अलीसँग लागूऔषध कसुर सम्बन्धि मुद्दामा थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलवार १८:१५