सूचनाको शक्ति - The Power Of Information

        

डुडुवामा अवैध काठ बरामद

बाँके । बाँकेको डुडुवा गाउँपालिका–१ हजरात सामुदायिक वनमा अवैधरुपमा कटान गरिएको ५० दशमलव १० क्यूफिट वेवारिसे काठ प्रहरीले बरामद गरेको छ ।

सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, वन डिभिजन कार्यालयका कर्मचारी र खडैचा प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले वनमा गस्ति गर्नेक्रममा उक्त काठ फेला पारेको थियो ।

प्रहरीले बरामद गरेको काठ हजरात सामुदायिक वनका पदाधिकारीलाई बुझाएको जनाएको छ ।

प्रकाशित मिति : २५ माघ २०७८, मंगलवार १८:०५