सूचनाको शक्ति - The Power Of Information

        

अवैधरुपमा भित्र्याइएको भारतीय कुखुरा बरामद

बाँके । बाँकेमा प्रतिबन्धित भारतीय कुखुराको आयात रोकिएको छैन् । भारतबाट अवैधरुपमा कुखुराहरु आउनेक्रम नरोकिएपछि नियन्त्रणमा प्रहरीलाई चुनौतिपूर्ण देखिएको हो ।

बाँके प्रहरीले दैनिकजस्तो भारतबाट भित्र्याइएका कुखुराहरु नियन्त्रणमा लिने गरेको छ । पछिल्लो पटक वडा प्रहरी कार्यालयको टोलीले नेवाजीगाउँबाट तीनसय गोटा वोइलर कुखुरा बरामद गरेको प्रहरी निरीक्षक डिल्ली खड्काले जानकारी दिए ।

तीनवटा मोटरसाइकलमा भित्र्याइएका २ लाख ४० हजार मूल्य बराबरको कुखुरा बरामद गरिएको हो । भे २ प २२०९, ज ४ प १८२७ र भे ३ प ९७२५ नम्वरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार १७:००