सूचनाको शक्ति - The Power Of Information

        

प्रकाशसरण महत काँग्रेस प्रवक्तामा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसको प्रवक्तामा प्रकाशसरण महत नियुक्त भएका छन् ।

आज सभापति शेरबहादुर देउवाले महत्तलाई प्रवक्तामा नियुक्त गरेको कांग्रेस केन्द्रीय कार्यलयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

यसअघि कांग्रेस प्रवक्ता रहेका विश्व प्रकाश शर्मा महामन्त्रीमा निर्वाचित भएपछि प्रवक्ताको पद खाली रहेको थियो ।

प्रकाशित मिति : २४ माघ २०७८, सोमबार ११:०४