सूचनाको शक्ति - The Power Of Information

        

मौसम

मौसम खुलेसँगै मौसमविद् भन्छन्, ‘अब चिसो कम हुँदै जान्छ’

काठमाडौं । बिहानैबाट आज मौसम सफा रहेको छ । काठमाडौंमा घाम लागेको छ । बिहान ६ बजेको काठमाडौंको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस रहेको छ ।

काठमाडौंमा साँझपख सामान्य बदली हुनेछ । आज देशभरको मौसम सफा हुने वरिष्ठ मौसमविद् निराजन सापकोटाले जानकारी दिए । उनका अनुसार भोलि भने केही क्षेत्रमा बदली हुनेछ ।

पूर्वी र पश्चिम नेपालमा केही भू–भागमा हल्का हिमपातको सम्भावना रहेको सापकोटा बताउँछन् । पहाडी र हिमाली क्षेत्रमा केही बदली भए पनि तराईमा भने मौसम भोलि पनि सफा रहनेछ ।

‘अब क्रमशः चिसो कम हुँदै जान्छ । बदली नहुने र घाम लाग्दै जाँदा तापक्रम पनि बढ्दै जान्छ,’ मौसमविद् सापकोटा भन्छन्, ‘आजबाट घाम लाग्न सुरु भएसँगै तापक्रम बढ्दै जान्छ । न्यूनतम तापक्रम केही दिन तल रहे पनि अधिकतम तापक्रम बढ्दै जान्छ ।’

प्रकाशित मिति : २३ माघ २०७८, आइतवार ०९:०२