बझाङ । बझाङकाे जयपृथ्वी राजमार्ग अझै खुलेन जेसिविकाे टायर पन्चर हुदाँ जयपृथ्वी राजमार्ग खुल्न अझै १ दिन लाग्ने भएकाे छ ।
बझाङमा विहिबार देखि भएकाे हिमपातका कारण वित्थडचिर गाउँपालिका,मुस्या खान,ढाेल्यामाेड, लगाएतका ठाउँहरूमा बाक्लाे हिउँ जमेका कारण राजमार्ग खुलाउन लगाएकाे जेसिविकाे टायर पन्चर भएपछी राजमार्ग खुलाउन अझै १ दिन लाग्ने सडक डिभिजन कार्यालय बैतडिका प्रतिनिधिले जनाएका छन् ।
भारत धनगडि, काठ्मान्डाै आउने जाने यात्रुहरू ३ दिन देखि विच बाटाेमा अलपत्र परेका छन् । भारतबाट घर फर्केका थलारा गाउँपालिका- १ कुच घर भएका अर्जुन माेहरले भने, आफू तिनदिन देखि बाटाेमा हिउँ परेका कारण विचबाटाेमै बस्नु परेकाे र बाटाेमा खान, बस्नका लागि समेत समस्या भएकाे बताए ।
उनी जस्तै करिब २सय जति यात्रु अलपत्र परेका छन् । राजमार्गमा जमेकाे हिउँ पन्छाउन भने, सडक डिभिजन कार्यालय बैतडिले बेवास्ता गरेकाे छ ।
।