सूचनाको शक्ति - The Power Of Information

        

१२ ग्राम ब्राउन सुगरसहित युवती पक्राउ

बाँके । बाँके प्रहरीले शनिबार नेपालगन्जबाट लागूऔषध ब्राउन सुगरसहित एक युवतीलाई पक्राउ गरेको छ ।

प्रहरीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, शिवमन्दिर नजिकबाट शनिबार बिहान मधुवन नगरपालिका वडा नम्बर ४, बर्दियाकी २५ बर्षिया युवती दुर्गा शर्मालाई १२ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जनाएको छ ।

जिल्ला प्रहरीको टोलीले उनलाई शंका लागि चेकजाँच गर्दा उनको शरीरमा लुकाई छिपाई राखिएको १२ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने धूलो पदार्थ फेला पारी नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

पछिल्लो समयमा बाँकेमा दैनिकजसो विभिन्न लागूऔषध सहित विभिन्न व्यक्तिहरु पक्राउ पर्दै आएका छन । पुरुष जत्तिकै महिला पनि लागूऔषधको ओसारपसार र प्रयोगकर्ताका रुपमा पाइएको छ ।

प्रहरीले दैनिकजसो लागूऔषध कारोबारी र प्रयोगकर्तालाई पक्राउ गरेपनि लागूऔषधको प्रयोग र कारोवारमा भने नियन्त्रणमा आउन सकेको देखिदैन ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार २०:१५