बाँके । बाँकेको नेपालगञ्ज धम्बोजीका २१ वर्षीय हिमलाल बुढालाई नेपालगञ्जबाट अपहरण गरी कोहलपुर लगेर बन्धक बनाई हत्या गरी फरार भएका शौभाग्य मल्ललाई प्रहरीले झन्डै एघार वर्षपछि पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले मल्ललाई गोरखाबाट पक्राउ गरिएको जानकारी दिए ।
२०६७ साल माघ ३ गते ४ जना मिलेर हिमलाललाई धम्बोजीबाट अपरहण गरी कोलपुर पु¥याएर त्यहाँको एउटा रित्तो घरको गोठमा बन्धक बनाएर घरका परिवारसँग ३५ लाख रुपैयाँ फिरौती मागेका थिए ।
तर पोल खुल्ने भएपछि तारले घाँटी कसेर उनको हत्या गरेका थिए । हत्यापछि आगोले पूरै अनुहार जलाइ मल्ल फरार भएको अधिकारीले बताए ।
उक्त घटनामा संलग्नहरुमध्ये एक जनालाई जिल्ला अदालत बाँकेले २०६९ असार ६ गते कर्तव्य ज्यानमा जन्म कैद र अपहरणमा ९ वर्ष कैदसहित ५० हजार जरिवाना सजाय तोकेको थियो ।
हत्यामा संलग्नमध्ये दुई जना जेल मुक्त भइसकेका छन् । पक्राउ परेका शौभाग्य मल्लको मुद्दा भने मुलतवीमा छ ।
।