बाँके । बाँकेमा शनिवार थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा २५ र एन्टिजेन परीक्षणमा १३ जनागरी ३८ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
जिल्लाका तीनवटा पीसीआर ल्यावमा ७० जनाको नमुना जाँच्दा २५ जनामा भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ व्यवस्थापन समितिका फोकलपर्सन तेज वलीले जानकारी दिए ।
भेरीमा ११, कोहलपुर मेडिकल कलेजमा ७ र बागेश्वरी ल्यावमा ७ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । यस्तै जमुनाहा नाकामा ३५५ जनाको एन्टिजेन जाँच गर्दा १३ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकामध्ये बाँकेका १३ जना छन् । योसँगै जिल्लामा कुल संक्रमितको संख्या १९ हजार ७९३ पुगेको छ । यस्तै थप ६० जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १९ हजार १९६ पुगेको छ ।
।