सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाबाट बाँकेमा एकजनाको मृत्यु

बाँके ।  कोरोना भाइरस संक्रमणबाट शनिवार बाँकेमा थप एकजनाको मृत्यु भएको छ । नरैनापुर गाउँपालिका–२ बाँकेका ५० वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो ।

माघ १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनी त्यसको भोलीपल्ट अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नहुँदा उनको शनिवार विहान साढे आठ बजे मृत्यु भएको कोभिड १९ व्यवस्थापन केन्द्रका फोकलपर्सन तेज वलीले जानकारी दिए ।

योसँगै बाँकेमा भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३४९ पुगेको छ । मृत्यु भएका कोरोना संक्रमित व्यक्तिले कोरोना विरुद्धको कुनैपनि खोप नलगाएको पाइएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार १९:३०