बाँके । नेपाली काँग्रेस क्षेत्र नं. १ क्षेत्रीय समितिले बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मसुरी बगरको लामाचौरमा राखिएको स्काभेटर आगजनीको घटनाप्रति घोर आपत्ति प्रकट गरेको छ ।
नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि एबम् नेपाल तरुण दल कोहलपुरका उपाध्यक्ष गौरव रावलको स्काभेटरमा आगजनी गरिएको घटनाप्रति नेपाली कांग्रेस क्षेत्र नं. १ क्षेत्रीय सचिव खुमबहादुर बस्नेतद्वारा एक विज्ञप्ती जारी गद घटनाको घोर आपत्ति प्रकट गरेको हो ।
सो विज्ञप्तीमा राष्टमुखी निर्माण सेवाका प्रोपराईटर समेत रहेका रावलले नियम संगत राजस्व तिरेर स्टक प्रमाणित गरी राखेको नदीजन्य पदार्थ उठाई लैजानको लागि प्रयोगमा आउने भे १ क ११११ नम्बरको स्काभेटर राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ मसुरी बगरको लामाचौरमा पार्किङ्ग गरी राखेको अवस्थामा गत माघ १८ गते राती अज्ञात समुहद्वारा भएको आगजनीको घटनामा संलग्न जो कोही भएपनि तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको उल्लेख छ ।
विज्ञप्तीमा घटनाको निन्दा गर्दै प्रहरीले यथाशिघ्र अनुसन्धान गरेर दोषी पत्ता लगाई कारबाही गर्न कांग्रेस क्षेत्रनं. १ ले जोडदार माग गरेको छ । ‘यदी घटनालाई गम्भीरता पूर्वक नलिई अनुसन्धान नै नगरी कानूनी दयरामा नल्याईए नेपाली काँग्रेस क्षेत्र १ क्षेत्रीय समिति कडा भन्दा कडा कदम चाल्न बाध्य हुने छ’– विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रहरी प्रशासनले आगजनी घटनालाई सामान्य रुपमा लिएर दबाउन खोजेमा कडा आन्दोलन चालिने विज्ञप्ती मार्फत् जनाएको छ ।
।