सूचनाको शक्ति - The Power Of Information

        

सबै कारमा ६ वटा एयर ब्याग अनिवार्य गर्दै भारत

नयाँ दिल्ली । विश्वकै सबैभन्दा खतरनाक सडक भएका मुलुकमध्ये एक भारतले आगामी १ अक्टोबरदेखि उत्पादन हुने सम्पूर्ण यात्रुवाहक कारमा कम्तीमा ६ वटा एयर ब्यागको व्यवस्था गर्नैपर्ने गरी कानुन पारित गर्न प्रस्ताव अघि सारेको छ ।

यसअघि नै हरेक कारमा दुईवटा एयर ब्याग चाहिने कानुन कार्यान्वयन छ । अहिले सरकारले पछाडिका सिटमा बस्नेहरूका लागि पनि ज्यानको सुरक्षा गर्न कार निर्माताहरूलाई दुईवटा साइड र दुईवटा कर्टेन एयर ब्यागको व्यव्यस्था गराउन लागेको हो ।

साइड एयर ब्यागले साइड दुर्घटना हुँदा छाती लगायत शरीरको माथिल्लो भागलाई चोट लाग्नबाट जोगाउने तथा कर्टेन एयर ब्यागले कार गुल्टिने गरी वा साइडमै दुर्घटना हुँदा पनि टाउकोलाई जोगाउने सडक यातायात मन्त्रालयले एक सूचनामार्फत् जानकारी गराएको छ ।

भारतमा सडक दुर्घटनामा मर्नेहरूको संख्यामा कटौती गर्ने उद्देश्यले यो मस्यौदा तयार पारिएको हो । भारतमा सन् २०२० मा सडक दुर्घटनामा झण्डै १ लाख ३२ हजार मानिसको ज्यान जानुका साथै ३ लाख ६६ हजार जना घाइते भएक थिए ।

तर, नयाँ कारमा एयर ब्याग थपिएपछि कारको मूल्यमा वृद्धि हुने भएको छ । भारतीय कार बजारमा अहिले अधिकांश कारको मूल्य १० हजार अमेरिकी डलर भन्दा कम छ । जापानको सुजुकी मोटरको मारुती सुजुकी र जापानकै हुन्डाइ कम्पनीबाट निर्मित कारहरू निकै सस्तो मानिन्छन् ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार १८:५७