सूचनाको शक्ति - The Power Of Information

        

एकीकृत कर्मचारी संगठन बाँकेको संयोजकमा बालकृष्ण

बाँके । एकीकृत सरकारी कर्मचारी संगठन बाँकेको जिल्ला कार्य समिति गठन गरिएको छ । बालकृष्ण चौधरीको संयोजकत्वमा २१ सदस्यीय आयोजक जिल्ला कार्य समिति गठन गरिएको जनाइएको छ ।

एकीकृत सरकारी कर्मचारी संगठनका केन्द्रीय उपाध्यक्ष एवं लुम्बिनी प्रदेश इन्चार्ज यामबहादुर खत्रीको उपस्थितिमा आयोजना गरिएको जिल्ला भेला तथा घोषणा सभामा आयोजक कमिटी गठन गरिएको जनाइएको छ ।

जिल्ला भेला तथा घोषणा सभा कार्यक्रममा नेकपा एकीकृत समाजवादीका बाँके जिल्ला इन्चार्ज अशोक कोइराला, सह–इन्चार्ज अब्दुल हुसेन खाँ, महिला नेतृ मञ्जु कोइराला लगायतले शुभकामना मन्तव्य दिएका थिए ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार १७:०६