सूचनाको शक्ति - The Power Of Information

        

सिजीको रोड शो नेपालगन्जमा, उपभोक्ताहरूको आकर्षण बढ्दो

बाँके । नेपालगन्ज धम्बोझी चोकस्थित बागेश्वरी इलेक्ट्रो प्लाजामा सिजीका उत्पादन प्रदर्शन गरिएको छ । सिजीको रोड शो शनिबार नेपालगन्ज आइपुगेको छ। पुसदेखि सुरु भएको रोड सो कार्यक्रम फागुन ३ गतेसम्म चल्नेछ ।

पूर्वका विभिन्न सहरहरूमा कार्यक्रम सम्पन्न गर्दै नेपालगन्ज आइपुगेको रोड शो पश्चिमका मुख्य शहरहरुमा पनि हुँदैछ । रोड शो टिमका नेतृत्वकर्ता सुरेश आचार्यले नेपालगन्जमा गरिएको रोडमा धेरै ग्राहकहरु लाभान्वित भएको बताए ।

‘सिजीका उत्पादनबारे प्रत्यक्ष जानकारी दिएका छौं,’ उनले भने, ‘केहीले हाम्रा उत्पादन बुकिङ्ग पनि गर्नुभएको छ ।’ वासिङ मेसिन, डिसवासर, एसी, टिभी, माइक्रोओभन, भ्याकुम, गिजर लगायतका उत्पादनहरु प्रदर्शन गरिएको उनले बताए ।

वासिङ मेसिन चलाउने विधिबारे डेमोसमेत देखाइएको थियो । ६ देखि १२ केजीसम्म कपडा धुने क्षमताका सिजीका वासिङ मेसिनहरु बजारमा उपलब्ध रहेको पनि आचार्यले बताए । उनका अनुसार वासिङ मेसिनमा १० वर्षको वारेण्टी रहेको छ ।

वासिङ मेसिनबाट केही समयमै शतप्रतिशत लुगा सुकाउन सकिने सुविधा भएका वासिङ मेसिन सिजीले बजारमा ल्याएको छ । कपडाको किसिम र तौलका साथै ९९.९९ प्रतिशत किटाणु नष्ट गरी कपडालाई हाइजेनिक धुलाई गर्ने भएकोले सिजीको वासिङ मेसिनप्रति उपभोक्ताहरू आकर्षण हुने गरेको सिजीका यस क्षेत्रमा सेल्स इन्चार्ज पुष्कर भट्टको दावी छ ।

सिजीको वासिङ मेसिन नेपाली बजारमा सर्वाधिक बिक्री हुने गरेको कम्पनीको दाबी छ । रोड शोमा सिजीका कुनै पनि सामान खरिद वा बुकिङ गर्दा अतिरिक्त छुट प्रदान गरिने नेपालगन्जस्थित सिजीको आधिकारिक बिक्रेता एवं बागेश्वरी इलेक्ट्रो प्लाजाका सञ्चालक विष्णु अर्यालले जनाएका छन् ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार १६:३६