काठमाडौं । यो साता नेपाली बजार सुनको मूल्य ३०० रुपैयाँले बढेको छ ।
गत प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो शुक्रबारसम्म आइपुग्दा ९२ हजार ५०० रुपैयाँ पुगेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । अहिले पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
गत आइतबारको तुलनामा हिजो शुक्रबार सम्म आइपुग्दा सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार अहिले तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ रहेको छ ।
यस्तै चाँदी प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
।