सूचनाको शक्ति - The Power Of Information

        

सुनसरीमा बस र ट्रक ठोकिएर आगालागी हुँदा ३ जनाको मृत्यु ,१३ घाइते

काठमाडौं । गएराति सुनसरीको लौकहीमा स्थित खुनिया पुलमा बस र ट्रक एक आपसमा ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ ।

घटनामा १३ जना यात्रु घाइते भएका छन् । गएराति साढे ७ बजे काकडभिट्टाबाट काठमाडौं हिडेको ना ८ ख ८४९३ नम्बरको यात्रुबाहक बसले पूर्वतर्फ आउँदै गरेको ना ५ ख २९९६ नम्बरको ट्रकलाई ठक्कर दिदा आगलागी भएको हो ।

आगलागी हुँदा बसमा बढी क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइएको छ ।

प्रहरीले २ घण्टाभित्र आगो नियन्त्रणमा लिएपनि बस पूर्ण रुपमा जलेर नष्ट भएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार ०९:४६