प्युठान । प्यूठानमा बेहुली लिएर फर्कदै गरेको सवारी जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । आज बिहान ३ बजे ग १ ज ५०९३ नम्बरको जीप गौमुखी गाउँपालिका–६ ओखरपाटामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो ।
गौमुखी गाउँपालिका अध्यक्ष विष्णुकुमार गिरीका अनुसार मृत्यु हुनेमा स्थानीय एकै घरका बसन्त खड्का, उनकी श्रीमति बसन्ता खड्का, छोरी एलिशा खड्का रहेका छन् । त्यस्तै, सोही ठाउँकी केशरी खड्का, नन्दी खड्का, खिम खत्री, बले बुढा मगरको मृत्यु भएको छ ।
मृतक वसन्त नेपाली कांग्रेस गौमुखी गाउँपालिका उपसभापति हुन् । उनका एकाघरका ३ जनाको मृत्यु भएको छ । एक जना लुङका व्यक्तिको पहिचान हुन सकेको छैन । मृत्यु हुनेहरू गौमुखी गाउँपालिका–६ का स्थानीय हुन् । बेहुला बेहुलीसहित पाँच घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
बेहुला–बेहुली दुवैको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रमुख सत्यनारा यण थापाले जानकारी दिए । दुई जनाको उपचारको क्रममा प्यूठान अस्पतालमा मृत्यु भएको हो । दुर्घटनाग्रस्त जीप सडकदेखि करिब ३ सय मिटर तल खोलामा खसेको छ ।
घाइतेहरू
१ प्यूठान नौबहिनी गाउँपालिका–६ किमिचौर बस्ने बर्ष २० की रिमा जिसी । अवस्था गम्भीर (बेहुली)
२ प्यूठान नौबहिनी गाउँपालिका–६ किमिचौर बस्ने बर्ष २५ की साबित्रा जिसी । गम्भीर
३ प्यूठान गौमुखी गाउँपालिका–६ लिवाङ बस्ने बर्ष १७ को नरेश खड्का । गम्भीर
४ प्यूठान गौमुखी गाउँपालिका–६ लिवाङ बस्ने बर्ष २५ को दानबहादुर खड्का । (बेहुला) अवस्था मध्यम
५ प्यूठान गौमुखी गाउँपालिका–६ लिवाङ बस्ने बर्ष २१ की हरि बुढामगर । गम्भीर
।