सूचनाको शक्ति - The Power Of Information

        

लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ

बाँके । बाँके प्रहरीले लागुऔषध मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

बिहीवार राती पौने ९ बजे चन्दननाथ ५ जुम्ला बस्ने २५ बर्षीय राजेन्द्र सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

लागुऔषध कारोबार मुद्दामा बाँके जिल्ला अदालतको गत चैत २५ गतेको फैसलाले २ बर्ष २ महिना २७ दिन कैद र २५०० सय रुपैयाँ जरिवाना तोकिएका सुनार फरार थिए ।

उनी खजुरा ६ सिमलघारीमा लुकिछिपी बसिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धनौली र जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी नियन्त्रणमा लिएको हो ।

सुनारलाई बाँके जिल्ला अदालतमा शुक्रवार बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार २०:४४