सूचनाको शक्ति - The Power Of Information

        

बाँकेको खजुरामा लागुऔषध नियन्त्रण नागरिक सहायता कक्ष स्थापना

बाँके । बाँकेको खजुरामा लागुऔषध नियन्त्रण, उपचार तथा परामर्श सम्बन्धि निःशुल्क नागरिक सहायता कक्ष स्थापना गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत खजुरामा नागरिक सहायता कक्ष स्थापना गरिएको हो ।

बढ्दो लागुऔषध नियन्त्रण गर्न र कुलतमा फसेका मानिसहरूको गाउँपालिकाको सिफारिसमा नेपालगञ्ज गणेशमान चौक नजिक रहेको परामर्श केन्द्रमा उपचार तथा निशुल्क परामर्श दिइनेछ ।

नागरिक सहायता कक्ष स्थापना कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिले सबैको सहकार्य र प्रहरीसंगको साझेदारीमा न्यूनीकरण गर्न सकिने बताए ।

सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगञ्जका अध्यक्ष दीपेन्द्रकुमार जोशीले बाँकेका ८ वटै स्थानीय तहमा नागरिक सहायता कक्ष स्थापना गरिने बताए ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार २०:३९