सूचनाको शक्ति - The Power Of Information

        

मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एकको मृत्यु, प्रहरी जवान घाइते

बाँके । मोटरसाइकल दुर्घटनामा परी बाँकेमा एकजनाको मृत्यु भएको छ । लु ७६ प ९०९१ नम्बरको मोटरसाइकलमा बिहीवार राती पौने १० बैजापुरबाट नेपालगञ्ज आइरहेका प्रशान्त थारुको दुर्घटनामा परेर मृत्यु भएको हो ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत परुवा खोला नजिकै मोटरसाइकल दुर्घटनामा परेर गम्भीर घाइते भएका थारुको नेपालगञ्ज नर्सिङहोममा उपचारका क्रममा शुक्रवार बिहान करिब ९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै दुध बोक्ने गाडीको ठक्करबाट बाँकेमा एक जना प्रहरी जवान घाइते भएका छन् । नेपालगञ्जको प्रहरी तालिम केन्द्रमा कार्यरत प्रहरी जवान सुरेन्द्र बुढालाई नेपालगञ्जदेखि कोहलपुर गइरहेको भे १ प ३६२७ नम्बरको गाडीले ठक्कर दिएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्योपानेले जानकारी दिए ।

तालिमे प्रहरीसँगै दौडिरहका बेलामा प्रहरी जवान बुढालाई गाडीले ठक्कर दिएको प्रहरीले जनाएको छ । उनको नर्सिङहोम नेपालगञ्जमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार २०:२६