सूचनाको शक्ति - The Power Of Information

        

ओलम्पिक उद्घाट्नमा सहभागी हुने बहानामा रुसी राष्ट्रपति पुटिन बेइजिङ पुग्दै

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आज चीन भ्रमणमा जाँदै हुनुहुन्छ ।

शीतकालीन ओलम्पिकको उद्घाट्न समारोहमा सहभागी हुनका लागि पुटिन चीन जान लाग्नुभएको हो । तर, ओलम्पिक भने भ्रमणको बहाना मात्रै भएको र दुई देशबीच द्विपक्षीय तथा अन्तर्राष्ट्रिय विषयमा विस्तृत वार्ता हुने छ ।

बेइजिङ ओलम्पिकको उद्घाट्नमा सहभागी हुने पुटिन एक मात्र विदेशी राष्ट्रप्रमुख हुनुहुन्छ । चीन प्रस्थान गर्नुअघि पुटिनले चीनसँग आपसी राजनीतिक विश्वासको आधारमा घनिष्ठ सहयोग स्थापित हुने बताउनु भएको छ ।

उहाँले रुस र चीनले चुनौतीपूर्ण विश्वमा स्थिरता कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने पनि बताउनु भएको छ । युक्रेन विवादले अमेरिकासहित पश्चिमा देशहरुसँग तनावपूर्ण सम्बन्धबाट गुज्रिएका रुसी राष्ट्रपतिले चिनियाँ समकक्षी सी चिनफिङसँग प्रत्यक्ष गर्ने संवाद अर्थपूर्ण हुने विश्लेषण गरिएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार १०:४९