सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु

सुर्खेत ।   सुर्खेतमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ।

भेरीगंगा नगरपालिका ११ साँदीखोलाकी ३५ वर्षीय नेकीसरा खत्रीको मृत्यु भएको हो ।

गएराति खत्री आफ्नै भान्सा घरको बाहिर छतमा निस्कने क्रममा चट्याङ लागी सक्त घाइते भइ मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : २१ माघ २०७८, शुक्रबार १०:३७