सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजारमा पुनः गिरावट

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजारमा पुनः गिरावट आयो ।

उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले ओरालो लागेर २८ सय ७६ कामय भएर थामियो ।

यो साता बजारमा तीब्र उतार चढाव आयो । साताभर एक दिन उच्च दरले बढ्ने र अर्को दिन उसैगरी घट्ने क्रम जारी रह्यो । यस दिन कारोबार भने उल्लेख्य दरले बढेर साढें ८ अर्ब माथि पुग्यो ।

यस दिन जलविद्युत र निर्जीबन बीमा समूह सामान्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे । जीवन बीमा समूह सबैभन्दा उच्च पौने २ सय अंकले झर्यो ।

अरु पनि अधिकांश समूह दोहोरो अंकले ऋणात्मक रहे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २४ कम्पनीको १ करोड ५७ लाख कित्ता शेयर ८ अर्ब ६१ करोड बढीमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय ३७ कम्पनीको शेयर मूल्य ओरालो लाग्दा ४५ को बढ्यो भने ९ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार १७:१९