सूचनाको शक्ति - The Power Of Information

        

राप्रपाका नेता मोहनसिँह केसीको निधन

बाँके । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका पुराना नेता मोहनसिंह केसीको बिहीवार निधन भएको छ ।

नेपालगञ्ज निवासी ७८ वर्षीय केसीको उपचारका क्रममा बिहान नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल नेपालगञ्जमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगञ्जमा भर्ना गरिएको थियो । परिवारका अनुसार राप्रपा नेता केसीलाई लामो समयदेखि मधुमेह, रक्तचाप, मृगौला लगायत समस्या देखा परेको थियो ।

तर, केही दिन पहिले मात्र उनका छोरा त्रिलोक केसीको दुर्घटनामा परेर मृत्यु भएपछि पुत्र शोकका कारण उनको स्वास्थ्य अवस्था विग्रदै गएको थियो । सोही कारणले उनको निधन भएको परिवारका सदस्यले बताएका छन् ।

स्वर्गिय नेता केसीले राप्रपा बाँकेको अध्यक्ष तथा केन्द्रीय सदस्य भएर काम गर्नु भएको थियो । उनको पार्थिव शरिरमा राप्रपा महामन्त्री डा धवलसम्शेर राणा, सहायक महामन्त्री ऋषिराज देवकोटा, जिल्ला अध्यक्ष नरेन्द्र पौडेल लगायतले पार्टीको झण्डा ओढाउँदै अन्तिम श्रद्धाञ्जली दिनुभएको छ ।

स्वर्गिय केसीको बिहीवारनै धार्मिक विधिपुर्वक बाँकेको सिधनियाघाटमा अन्त्येष्टी गरिएको राप्रपा बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार १७:००