सूचनाको शक्ति - The Power Of Information

        

शिखर धवनसहित थुप्रै भारतीय क्रिकेटरमा कोरोना पुष्टि

काठमाडौं ।  वेस्ट इन्डिजविरुद्ध हुने एक दिवसीय सिरिजभन्दा पहिले गरिएको कोरोना परीक्षणमा थुप्रै भारतीय क्रिकेटरमा संक्रमण पुष्टि भएको छ।

शिखर धवन, श्रेयस अय्यरसहित ऋतुराज गायकवाडलगायत थुप्रै खेलाडीमा संक्रमण पुष्टि भएको हो। उनीहरूको संक्रमण  पुष्टि भएसँगै  सबै खेलाडीलाई क्वारेन्टाइनमा राखिएको छ। कोरोना संक्रमण भएका खेलाडीसँगै कर्मचारी पनि रहेका थिए। उनीहरू पनि ट्रेसिङमा परेका छन्।

श्रृंखलाको सुरुवाति खेल ६ फ्रेव्रुअरीमा हुनेछ। अहमदाबारमा हुने उक्त खेल भारतको १०००औं एक दिवसीय अन्तर्राष्ट्रिय मुकावला हुने छ। तर, कोरोना संक्रमण भएपछि नजिता नेगेटिभ नआउँदासम्म शिखरसहित तीन खेलाडीले उक्त खेल खेल्न पाउने छैनन्।

प्रकाशित मिति : २० माघ २०७८, बिहीबार १०:१२