सूचनाको शक्ति - The Power Of Information

        

बाँके राष्ट्रिय निकुन्जमा भिटिआर सिस्टम जडान

बाँके । बाँके राष्ट्रिय निकुन्ज क्षेत्रको सडकमा चल्ने सवारी साधनको जाँचलाई छिटो छरितो र प्रभावकारी बनाउन भेइकल ट्रयाकिङ रिकोजिनेशन भीटीआर सिस्टम जडान गरिएको छ ।

निकुन्ज प्रवेश गर्ने स्थानमा रहेका चेक पोष्टहरु शिवखोला र प्रगति नगरमा करिब १५ लाखको लागतमा भीटीआर सिस्टम जडान गरिएको बाँके निुकन्जका प्रमुख श्यामकुमार शाहले बताए ।

भीटीआर सिष्टमले सवारी साधन निकुन्ज क्षेत्रमा प्रवेश गरेको र निकुन्ज क्षेत्रबाट बाहिरिएको विवरण रेकर्ड गरेर सर्भरमा पठाइदिन्छ । भीटीआर सिस्टमबाट प्राप्त हुने विवरणका आधारमा सुरक्षाकर्मीले निकुन्ज क्षेत्रमा ओहोरदोहोर गर्ने सवारी साधनको निगरानी गर्ने गरेका छन् ।

भीटीआर सिस्टम जडान भएपछि निकुन्जको चेकपोष्टमा सवारी साधनबाट उत्रिएर चेक पोष्टमा लाइन लागेर सवारी साधनसम्बन्धी विवरण इन्ट्री गराउनुपर्ने झन्झटको अन्त्य भएको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार १९:१६