बझाङ । बझाङका घरेलु तथा कृषक उधमीहरुले उत्पादन गरेको स्थानिय अर्गानिक एवं परम्परागत उत्पादनको बजार प्रवद्र्धन गर्ने उद्देश्यले बझाङ कोसेली घर सञ्चालनमा ल्याइएको छ ।
कृर्षि ज्ञान केन्द्र बझाङको आर्थिक सहयोगमा सञ्चालनमा ल्याएको उक्त कोसेली घरको मंगलबार जिल्ला समन्वय समिती बझाङका प्रमुख खडक बहादुर खड्काले उद्घघाटन गर्नुभएको छ ।
बझाङको सदरमुकाम चैनपुर जयपृथ्वी नगरपालिका १० लोकतान्त्रीक चोकमा सञ्चालनमा ल्याइएको कोसेली घरको रिबन काट्दै समन्वय समिती प्रमुख खड्काले कृषकहरुले उत्पादन गरेका बस्तुहरुलाई प्रर्वदन गर्नुका साथै आयआर्जनमा जोड्न समेत कोसेली घरले भुमिका खेल्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, हामीले ठूल्ठूला उद्योग खोल्छौं भनेर सोच्नु हुन्न । घरेलु तथा साना उद्योग र स्थानिय उत्पादनलाई जोड दिनुपर्छ ।’
जयपृथ्वी नगरपालिकाकी उपप्रमुख जुना जाग्रीले खुम्चिँदै आएको घरेलु उत्पादनको बजारलाई विस्तार गर्न कोसेली घर सहयोगी हुने बताउनुभएको छ ।
उहाँले घरेलु तथा साना उद्योगी व्यवसायीहरुको प्रतिस्पर्धी क्षमतासमेत बढाउनुपर्नेमा जोड दिनुभयो । कोसेली घरको सामान घरमै बसेर बजारीकरण गर्न सकिने अवस्था आएकोले सामाजिक सञ्जाल एवं सूचना तथा सञ्चार प्रविधिलाई उत्पादनमुखी बनाउनुपर्ने स्थानिय हर्क बुढाले बताउनुभयो ।
कार्यक्रममा कृर्षि ज्ञान केन्द्र बझाङका प्रमुख टेक बहादुर विष्टले बझाङका मौलिक एवं परम्परागत घरेलु उत्पादनको एकीकृत बजार प्रवद्र्धन गर्न कोसेली घर सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा बोल्दै बझाङ उधोग बाणिज्य संघका अध्यक्ष दान बहादुर सुर्मेलिले कोसेली घरले बेरोजगार भएका युवाहरु रोजगारी पाउनुका साथै स्थानिय उत्पादनले जिल्लाको पहिचान बढाउने बताउनुभयो ।
पछिल्लो समय स्थानिय उपज बस्तुहरु विस्तारै लोभ हुँदै गएकाले कोसेली घर संचालनमा आएपछी कृर्षकहरुलाई रैथाने कृर्षि उपज बस्तुहरु लगाउन समेत प्रेरित गर्ने र आयआर्जनमा समेत मदत पुग्ने समेत अध्यक्ष सुर्मेलिले बताउनुभयो ।
कोसेली घर सञ्चालनमा आएसँगै यहाँका घरेलु तथा साना उद्योगी व्यवसायी उत्साहित भएका छन् । कोसेली घरमा बझाङको परिचय बनेका एवं मौलिक उत्पादन भाङ्गो, कोदो, मकै, राजमा, गहुँकोे, कोदोको पिठो, मार्सीधान, भटमास, तिरकुलो, टिमुर, फापर, गत, सिस्नुको पाउडर लगाएतका उत्पादित सामाग्रीहरु बिक्री वितरणका लागि राखिएका छन् ।
कोसेली घरमा यहाँका मौलिक एवं परम्परागत सँगै २० थरिका स्थानीय उत्पादन बस्तु राखिएको संचालक बसन्त खड्काले जानकारी दिनुभएको छ ।
खड्काका अनुसार कोसेली घर सञ्चालन गर्न कृर्षि ज्ञान केन्द्रले ५ लाख रुपैयाँ आर्थिक अनुदान सहयोग गरेको बताउनुभएको छ । अर्गानिक उत्पादन भएका बस्तुहरुले स्वास्थ्यलाई फाइदा पुग्ने भएकाले स्थानियस्तरमा उत्पादन भएका बस्तुहरुहरु पछिल्लो समयमा धेरै मानिसहरुले उपभोग समेत गर्दै आएको खड्काको भनाई छ ।
।