सूचनाको शक्ति - The Power Of Information

        

राजनीति

एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै, यस्ता छन् एजेन्डा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज बुधबार बस्दैछ ।

बैठक दिउँसो १ बजे भक्तपुरस्थित जर्मन हस्पिटालिटी होम्समा बस्नेछ ।

आजको बैठकमा स्थानीय निर्वाचनको तयारी, पार्टीको नियमावली र जनसंगठन सञ्चालन निर्देशिका निर्माण, विभागहरू गठन, प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनलगायतका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : १९ माघ २०७८, बुधबार ०८:२७