सूचनाको शक्ति - The Power Of Information

        

बझाङमा साेमबार राती देखि ‘स्मार्ट लकडाउन

बझाङ । बझाङमा सोमबार राति १२ बजेदेखि स्मार्ट लकडाउन सुरू भएको छ।जिल्ला प्रशासन कार्यालय बझाङले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि स्मार्ट लकडाउन गर्न लागिएको जनाएको छ।

 

No description available.

कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गरी यसको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस एवं गृह मन्त्रालयको निर्णय र संक्रामक रोग ऐन २०२० को दफा–२ ले दिएको अधिकार र स्थानीय प्रशासन ऐन २०२८ को दफा– ६ को उपदफा–३ ले दिएको अधिकार प्रयोग गरी स्मार्ट लकडाउन गरिएको हो।

प्रशासनको आदेशअनुसार जिल्लामा संचालनमा रहेका नाचघर, क्लब, हेल्थ क्लब, जिमखाना, पटके हाट बजार र मानिसहरूको भीडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरू माघ मसान्तसम्म पाइनेछैन।

विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलाप संचालन गर्दा माघ मसान्तसम्म भौतिकरूपमा उपस्थितिमा संचालन नगर्ने र त्यस्ता शैक्षिक क्रियाकलाप भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरू अपनाइ संचालन गर्नुपर्ने सूचनामा उल्लेख छ।

विद्यालय, कलेजका पूर्व निर्धारित परीक्षा, जनशक्ति भर्नाका परीक्षालगायतका सबै किसिमका प्रयोगात्मक कक्षा जनस्वास्थ्यका मापदण्ड पालना गरी संचालन गर्नेबारे नेपाल सरकारको ३० पुसको आदेश बमोजिम गर्न प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ।

अन्य गतिविधिहरूका सम्बन्धमा २८ पुसको आदेश बमोजिम नै हुने जनाइएको छ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलवार ०९:२५