सूचनाको शक्ति - The Power Of Information

        

ट्रकले ठक्कर दिँदा दुई जनाको मृत्यु

तनहुँ ।  पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा सोमबार राति दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

लु १ ख ९८३२ नम्बरको ट्रकले दिँदा ग १८ प ९२२५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बाइकमा सवार दुई जनाको मृत्यु भएको हो। दुवैजनाको घटनास्थलमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

मृत्यु हुनेमा व्यास नगरपा लिका(५ बस्ने अनिल बाचे मगर र विकास विक रहेका छन्।

मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ। ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलवार ०८:२५