सूचनाको शक्ति - The Power Of Information

        

समाचार

सरकारले बढायो दूधको मूल्य, अब प्रतिलिटर ५६ रुपैयाँ चार पैसा

यसअघि दूधको मूल्य ४९ रुपैयाँ ५२ पैसा

काठमाडौं ।  सरकारले दूधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ चार पैसा कायम गरेको हो । यसअघि दूधको मूल्य ४९ रुपैयाँ ५२ पैसा थियो ।

किसानले लामो समयदेखि दूध उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए। बैठकमा सहभागी एक मन्त्रीका अनुसार किसानको माग अनुसार दूधको मूल्य सरकारले बढाएको हो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई केन्द्रीय दुग्ध सहकारी संघ लिमिटेडले दूधको लागत मूल्य नउठेको भन्दै बढाउन दबाब दिएको थियो ।

त्यसपछि गठन भएको अध्ययन समितिको सुझाव अनुसार मन्त्रालयले दूधको मूल्य बढाउने प्रस्ताव मन्त्रिपरिषद्मा पेश गरेको हो ।

दूधको मूल्य साढे दुई वर्षयता समायोजन भएको थिएन । यसअघि हरेक वर्ष मूल्य समायोजन हुँदै आएको थियो ।

प्रकाशित मिति : १८ माघ २०७८, मंगलवार ०७:५७