सूचनाको शक्ति - The Power Of Information

        

भिडियोमा पुष्प र जिसुको रोमान्स (भिडियोसहित)

काठमाडौं । हेर्ने हो र देखाइदिम बोलको म्युजिक भिडियोबाट चर्चा कमाएकी मोडल जिशु कोइरालाले नायक पुष्प खड्कासँग अनस्क्रिन रोमान्स गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ। जिसुको तिमीलाई मेरो आफ्नो बन्न बोलको गीतको भिडियो सार्वजनिक भएको हो।

सूर्य काश्यपको स्वर रहेको गीतमा सुजन कँडेलको शब्द रचता तथा राम कुमार रिमालको संगीत रहेको छ भने नारायण दंगालको संगीत संयोजन रहेको छ। प्रेमिल शैलीको गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल जिशु कोइराला बीचको अनस्क्रिन प्रेम र रोमान्स देखाइएको छ।

श्रेष्ठ प्रोडक्सनले निर्माण गरेको भिडियोमा अनिल के मानन्धरको छायांकन र मिलन विश्वकर्माको सम्पादन रहको छ भने भिडियोमो निर्देशन मौसम हिमालीले गरेका छन्। भिडियो जिशु कोइरालाको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार ०९:५७