काठमाडौं । नेकपा एमालेबाट संविधानसभा सदस्य बनेका डा. दुमनसिंह थापाको निधन भएको छ ।
उनको आइतबार ६२ वर्षको उमेरमा काठमाडौंको ह्याम्स हस्पिटलमा निधन भएको हो ।
दुई वर्षअगाडि मात्रै मृगौला प्रत्यारोपण गरेका थापालाई पछिल्लो समय कोरोना संक्रमण भएको थियो ।
थापा नेकपा एमालेबाट २०७० सालमा अर्घाखाँची क्षेत्र नम्बर २ बाट संबिधानसभामा विजयी भएका थिए । एमाले विभाजनपछि उनी नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य थिए ।
।