सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमणबाट भेरी अस्पतालमा एक जनाको निधन

बाँके । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको निधन भएको छ ।

रुकुम पश्चिमको आठविस नगरपालिका–६ का ६५ वर्षीय पुरुषको आज विहान तीन बजे संक्रमणबाट निधन भएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जानकारी दिए ।

उनले अहिलेसम्म खोप नलगाएको पनि वलीले जनाकारी दिए । योसँगै बाँके जिल्लामा उपचारका लागि आएका ४४१ जनाको निधन भएको छ भने बाँकेका ३४६ जनाको कोरोना संक्रमणबाट निधन भएको छ ।

प्रकाशित मिति : १७ माघ २०७८, सोमबार ०८:३२