सूचनाको शक्ति - The Power Of Information

        

शेयर बजारमा हरियाली, नेप्से १०५ अंकले बढ्यो

काठमाडौं । आइतबार शेयर बजार १०५ अंकले बढेको छ ।

हप्ताको पहिलो दिन शेयर बजार बढेर १०५ अंकले बढेर हरियाली छाएको छ ।

शेयर बजार परिसूचक नेप्से आइतबार १०५.५५ अंकले बढेर २ हजार ८ सय ८५ दशमलव ५३ विन्दुमा पुगेको छ ।

आइतबार सबै समूहको शेयर बढेको छ । विकास बैंक, जलविद्युत्, फाइनान्स, माइक्रोफाइनान्स र बीमा समूहको शेयर उच्च अंकले बढेको छ ।

आइतबार २३१ कम्पनीका १ करोड २१ लाख कित्ता शेयर ६ अर्ब ३२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अपी पावर कम्पनीको २६ करोड १५ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

विन नेपाल लघुवित्त, लिवर्टी इनर्जी, शिवश्री हाइड्रो, निफ्रा र बुद्धभूमि हाइड्रोको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । २३१ मध्ये ११ वटा कम्पनीको शेयर घटेको छ ।

प्रकाशित मिति : १६ माघ २०७८, आइतवार १७:५५