नेपालगञ्ज । बाँकेमा आइतवार थप ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणमा ३६ र एन्टिजेन परीक्षणमा १९ गरी थप ५५ जनामा भाइरस संक्रमण पुष्टि भएको हो ।
जिल्लाका तीनवटा पीसीआर ल्यावमा ७९ जनाको नमुना जाँच्दा ३६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ । भेरीमा १४, कोहलपुर मेडिकल कलेजमा १६ र बागेश्वरी ल्यावमा ६ जनामा भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै जमुनाहा नाकामा २४९ जनाको एन्टिजेन जाँच गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमण पुष्टि भएकामध्ये बाँकेका २४ जना छन् । योसँगै जिल्लामा कूल संक्रमितको संख्या १९ हजार ६ सय १८ पुगेको छ ।
यस्तै थप ७१ जना डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या १८ हजार ७१६ पुगेको छ । हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ८३५ रहेको छ । दुई जना सिकिस्त विरामी छन् । एकजनाको भेन्टिलेटरमा उपचार चल्दै गर्दा ३३ जना मध्यम खाले विरामी छन् ।
।