काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणदर एक सातामै करिब ४ प्रतिशतले ओरालो लागेको छ । कोरोनाको तेस्रो लहर सुरु भएको छोटो समयमै संक्रमणदर घट्न थालेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अघिल्लो हप्ता १ लाख १६ हजार ६१३ पीसीआरमा परीक्षण भएको थियो । जसमध्ये ५५ हजार ५९५ जनामा संक्रमण पुष्टि भएको थियो ।
तर यो साता १ लाख १ हजार ३११ पीसीआर परीक्षण हुँदा ४२ हजार ५९६ जनामा मात्रै संक्रमण देखिएको हो । यो हप्ता संक्रमण दर घटेर ४२ प्रतिशतमा झरेको छ । मन्त्रालयका अनुसार अघिल्लो हप्ताको तुलनामा संक्रमण दरमा ४ प्रतिशतले कमी आएको हो ।
तर एन्टिजेन परीक्षणबाट भने संक्रमण दर केही बढी देखाएको छ । अघिल्लो हप्ता गरिएको ३२ हजार ९९६ एन्टिजेन परीक्षणमा ११ हजार ८०० मा संक्रमण पुष्टि भएको थियो । यो हप्ता ३९ हजार ८३४ एन्टिजेन परीक्षण गर्दा १४ हजार ३५५ जनामा संक्रमण पुष्टि भएको हो ।
एन्टिजेनतर्फ संक्रमणदर बढेर ३६.१ प्रतिशत पुगेको छ । अघिल्लो हप्ताको तुलनामा संक्रमण दर २.७ ले बढेको हो । तर दुवैतर्फ औसतमा ४ प्रतिशतले संक्रमण दर घट्न पुगेको हो ।
।